सरकारले गणेश नेपाली मृत्युको दोषीमाथि तत्काल कडा कारबाही गरोस्- सांसद विक

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले गणेश नेपाली मृत्यु प्रकरणका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मृतकका परिवारलाई क्षतिपूर्तिको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन् । सांसद विकले सरकारको घमण्ड र अराजकताका कारण गरिब नागरिकहरूले मर्नुपरेको जटिल अवस्थामा मुलुकमा आएको आरोप समेत लगाइन् ।

उनले सरकारले गरिब नागरिकलाई जीँउँदै मर्नुपर्ने बाध्यात्मक अवस्था बनाइरहे नेपाली जनताले त्यसको प्रतिवाद गरेर अघि बढ्ने चेतावनी समेत दिइन् ।

सांसद विकले भनिन् ‘गणेश नेपाली जस्ता गरिब नागरिकहरूले जिउँदै जलेर मर्नुपरेको छ । यो देशमा सबैभन्दा सार्वभौम अधिकार सम्पन्न नेपाली जनता हुन् । हिजो पनि वीर बलभद्र, भक्ति थापाजस्तो वीरहरूको अगुवाइमा यो देश बचाएका हुन । आज पनि नेपाली जनता सार्वभौम छन् । यदि यो घमण्ड र अराजकता बढ्दै गयो भने जनताले संविधान बमोजिम नै विद्रोह गर्न सक्दछन् । यो अधिकार जनतामा निहित छ । गणेश नेपालीको घटना पश्चात् भएको मृत्युको खबरले निकै दुखी बनाएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घटनाका दोषीहरूलाई कारबाही होस । मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दछु ।’

त्यस अवसरमा सांसद विकले प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रघाती अभिव्यक्ति दिएकाले सीमा क्षेत्रका नागरिकले दैनिक पीडा भोग्नुपर्ने अवस्था आएको जिकिर पनि गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =