गणेश नेपालीको न्यायको लागि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको छ ।

उपचारका क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको हो । उनको निधनपछि न्यायको माग गर्दै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले माइतीघरदेखि वीर अस्पतालसम्म र्‍यालीसमेत निकालेका छन् ।

मुगुको सोरु गाउँपालिका–१ का नेपालीले राहदानी विभाग अगाडि पार्किङ गरिएको आफ्नो मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले ‘ह्विल लक’ लगाएपछि विवाद भएको थियो । नगर प्रहरीले जरिवाना तिर्न आग्रह गरेपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

राइड सेयरिङ एपमार्फत सेवा दिँदै परिवार पाल्दै आएका नेपालीले उक्त घटनापछि उपचार गराइरहेका बेला ज्यान गुमाएका हुन् । घटनापछि सामाजिक सञ्जालदेखि सडकसम्म सरकारको नीति, कार्यान्वयन शैली र नगर प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =