वडा कार्यालयलाई वडासदस्यले दिए जग्गा दान
२०८३ असार २६ गते

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा वडा कार्यालय भवन निर्माणका लागि रु २० लाख मूल्य पर्ने जग्गा निःशुल्क प्राप्त भएको छ । मालिका गाउँपालिका–७ का वडासदस्य तिलकबहादुर जुग्जालीले बिमको तल्लो गाउँमा रहेको तीन रोपनी जग्गा निःशुल्क दान गरेका हुन् ।
जुग्जालीले उपलब्ध गराएको जग्गाको मूल्य रु २० लाख बराबरको रहेको वडाध्यक्ष टकलाल पुनले बताए । जुग्जालीले यसै हप्ता मालपोत कार्यालयमा आएर सबै प्रक्रिया पूरा गरी गाउँपालिकाको नाममा जग्गा हस्तान्तरण गरेका हुन् ।
जग्गा प्राप्त भएपछि भवन निर्माण प्रक्रिया अघि बढाउने वडाध्यक्ष पुनले बताए । हाल साविक बिम गाविसको पुरानो भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको छ ।
२०८३ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








