बैंकिङ च्यानलमा थुप्रियो पैसा, आज ६० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडाैं । बैंकिङ च्यानलमा अत्यधिक पैसा थुप्रिएको छ । पैसा अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नेका लागि आज बैंकिङ प्रणालीबाट आज निक्षेप संकलन गर्ने भएको छ ।

केन्द्रिय बैंकको मौद्रिक व्यवस्थापन विभागकाअनुसार आज असार २६ गते राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । उक्त रकम बोलकबोल विधिमार्फत दिउँसो ३ बजे अनलाइन माध्यमबाट हुनेछ ।

उक्त निक्षेपको सावा तथा ब्याज असोज २३ गते भुक्तानी हुने विभागले जनाएको छ । बोल कबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकम हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने बैंकले भनेको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =