करेन्ट लागेर कर्मचारीको मृत्यु

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ ।

यहाँस्थित उक्त कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो । चामलिङ करार सेवाका कर्मचारी थिए ।

विद्युत्को पोल मर्मत गर्दा करेन्ट प्रवाह भएनभएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =