मानव अधिकार समितिद्धारा मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं । प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका मानव अधिकारको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायसँग आपसी समन्वय र सहकार्यलाई तिब्रता दिने भएको छ ।

समितिको आजको बैठकले समितिले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका मानव अधिकार, अन्तराष्ट्रिय सन्धि–सम्झौता, शान्ति प्रक्रिया, मौलिक हक तथा कानून कार्यान्वयनको अवस्था सम्बन्धि विषयमा राष्ट्रिय मानव अधिकार आयोगसँग सूचना तथा तथ्याङ्कको आदान–प्रदान अध्ययन अनुसन्धान, अन्तरक्रिया तथा परामर्श नीति र कानूनको कार्यान्वयनको अवस्थाका विषयमा आपसी समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।

त्यसैगरी समितिले अनुगमन तथा मूल्याङ्कन, अन्तराष्ट्रिय मानव अधिकार सम्बन्धि दायित्वको प्रभावकारी कार्यान्वयन, आवश्यक सुझाव र सिफारिस आदान–प्रदान तथा मानव अधिकारको सम्मान, संरक्षण, प्रवर्धन तथा त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि पनि आयोगसँग आवश्यक विषयमा आपसी समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले विद्यमान मानव अधिकारको अवस्था र संबर्धनबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =