अमेरिका इरानबिच फेरि तनाव, ट्रम्पले दिए कडा आक्रमणको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आज राति इरानमाथि शक्तिशाली सैन्य आक्रमण गर्न सक्ने बताएका छन् । बुधबार इरानलाई कडा चेतावनी दिँदै उनले सो चेतावनी दिएका हुन् ।

खाडी क्षेत्रमा अमेरिकी सैन्य लक्ष्यहरूमा भएको आक्रमण पछि युद्धविराम समाप्त भएको घोषणा गरेको केही घण्टामै ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् । टर्कीमा भइरहेको नेटोको सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘म सानो चेतावनी दिन चाहन्छु, आज राति उनीहरू (इरान) माथि निकै कडा हमला गर्दैछौं ।’

ट्रम्पले इरानले जहाजहरूलाई लक्षित गर्दै ड्रोन र मिसाइल आक्रमण गरेको आरोप लगाउँदै तेहरानको व्यवहार अत्यन्त खराब रहेको बताए । उनले इरान विगत ४७ वर्षदेखि मध्यपूर्वमा दादागिरी गर्दै आएको दाबी गर्दै अब त्यो अवस्था अन्त्य भएको टिप्पणी गरेका छन् ।

उनले इरानसँगको युद्धको मुख्य उद्देश्य इरानलाई परमाणु हतियार विकास गर्न नदिनु रहेको दोहोर्याए । उनले इरानसँगको युद्धको मुख्य उद्देश्य इरानलाई परमाणु हतियार विकास गर्न नदिनु रहेको दोहोर्याए । ट्रम्पको यो चेतावनी पछि उता इरानले पनि अमेरिकी प्रतिरोधको डटेर सामना गर्ने प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =