ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौँको न्युरोडमा रहेको ताम्राकार हाउसको छैटौँ तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

यो सर्भिस सेन्टर शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको जानकारी दिएको छ ।

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन), तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सर्भिस सेन्टरले शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।

यो सर्भिस सेन्टरको सञ्चालन वत्सल ईम्पेक्स प्रा.लि.ले गर्नेछ । वत्सल ईम्पेक्स शारदा ग्रुपअन्तर्गतको कम्पनी हो, जसले शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।

उद्घाटनको अवसरलाई विशेष बनाउन कम्पनीले आफ्ना ग्राहकका लागि छिट्टै आकर्षक छुट योजनाको घोषणा गर्ने जनाएको छ । यससम्बन्धी थप जानकारीका लागि शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जालहरूमा जोडिन तथा थप जानकारीका लागि सर्भिस सेन्टरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

उक्त अवसरमा वत्सल इम्पेक्सका डाइरेक्टर गौरव शारदा र नितेश कुमार मुन्द्राले काठमाडौँमा शाओमीको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु शाओमीका ग्राहकलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने दिशामा महत्त्वपूर्ण कदम भएको बताए ।

कम्पनीका अनुसार यो सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । शाओमी प्रयोगकर्ताहरूले तत्काल सर्भिस र सल्लाहका लागि सो स्थानमा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =