कांग्रेस संस्थापन इतर पक्षले चुनदेवीमा खोल्यो सम्पर्क कार्यालय

काठमाडौं । नेपाली काँग्रेस संस्थापन इतर पक्षले सम्पर्क कार्यालय खोलेको छ ।

सोमवार काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो । पार्टीका नेता पूर्णबहादुर खड्काले पार्टीको उद्घाटन गरे ।

उद्घाटनपछि सम्पर्क कार्यालयमै १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिको बैठक पनि बसेको छ । बैठकमा काँग्रेसलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजानेबारे छलफल भएको नेता मिनबहादुर विश्वकर्माले बताए ।

नेपाली काँग्रेस विगतमा पनि देशको ठूलो पार्टी रहेको र अहिले केही खस्किएको भएपनि आगामी दिनमा अझ ठूलो बनाएर लैजाने प्रतिवद्धता उनको छ । ‘नेपाली काँग्रेस पार्टीलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजान, थप एकतावद्ध बनाउँदै लैजान र नेपाली काँग्रेस पार्टीलाई यो मुलुकको हिजो पनि पहिलो पार्टी थियो र आज पनि आज हामी केही खस्किएका छौं । भोलिका दिनमा ठूलो पार्टी बनाएर लैजानका लागि पनि लैजानका लागि पनि हामी प्रतिवद्धता व्यक्त गर्दछौँ’ उनले भने ।

नेता विश्वकर्माले आगामी दिनमा काँग्रेसलाई अझ ठूलो पार्टी बनाउन सबै एक हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =