विष्णु पौडेलविरुद्ध थप ६ दिन म्याद, सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी
२०८३ असार १८ गते

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध थप ६ दिन म्याद थप गरिएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थप गर्ने आदेश दिएको हो ।
पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेको हो ।
उनले गरेको सेयर कारोबार तथा सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान जारी रहेको विभाग स्रोतले जनाएको छ ।
यसअघि विशेष अदालतले पौडेललाई दुई पटक म्याद थप गरिसकेको थियो ।
२०८३ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








