जाँ–पल सार्त्रको चर्चित नाटक ‘द रेस्पेक्टफुल प्रोस्टिच्युट’ नेपाली रूपान्तरणमा मञ्चन हुँदै

यसको निर्देशन रङ्गकर्मी पवित्रा खड्काले गर्दैछिन्

काठमाडौँ। विश्व प्रसिद्ध फ्रान्सेली दार्शनिक तथा नाटककार जाँ–पल सार्त्रको चर्चित नाट्य कृति ‘द रेस्पेक्टफुल प्रोस्टिच्युट’ (La Putain respectueuse) नेपाली परिवेशमा मञ्चन हुने भएको छ। शिल्पी थिएटरको निर्माणमा तयार हुन लागेको यस नाटकलाई ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ शीर्षक दिइएको छ।

फ्रान्सेली साहित्यको यो कालजयी कृतिलाई नेपाली सामाजिक परिवेश अनुकूल ढाल्दै कल्पना घिमिरे ‘नुरिस्साँ’ले रूपान्तरण गरेकी हुन् भने यसको निर्देशन रङ्गकर्मी पवित्रा खड्काले गर्दैछिन्।

निर्माण पक्षले हालै नाटकको आधिकारिक पोस्टर सार्वजनिक गर्दै यो प्रस्तुतिले समकालीन नेपाली समाजको यथार्थलाई कलात्मक रूपमा उजागर गर्ने जनाएको छ। सार्त्रको मूल कृतिले जातीय विभेद, सत्ता संरचना, नैतिकता र न्यायमाथि गम्भीर प्रश्न उठाएझैँ, यसको नेपाली रूपान्तरणले पनि दर्शकमाझ विचारोत्तेजक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 15 =