भित्तामा सम्पदा, सडकमा हरियाली (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीलाई अझ सुन्दर, हराभरा र आकर्षक बनाउने अभियानलाई तीव्र बनाएको छ ।

महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित शहर’ अन्तर्गत अहिले कोटेश्वर–बालकुमारी सडकखण्डमा भित्ताचित्र कोर्ने र सडक किनारलाई रंगीचंगी फूलका गमलाले सजाउने काम भइरहेको छ ।

पार्क तथा हरियाली प्रवर्धन आयोजनामार्फत सञ्चालन भइरहेको अभियानमा सडकका भित्ताहरूलाई काठमाडौंका ऐतिहासिक सम्पदा झल्किने कलात्मक चित्रहरूले जीवन्त बनाइएको छ ।

सडक किनारमा मिलाएर राखिएका फूलका गमलाले यात्रु र स्थानीयलाई आकर्षित गर्नुका साथै शहरी वातावरणलाई थप हराभरा र स्वच्छ बनाउने अपेक्षा गरिएको छ ।

महानगरका अनुसार यो अभियानको उद्देश्य केवल शहरको सौन्दर्य अभिवृद्धि गर्नु मात्र नभई सार्वजनिक स्थानप्रति नागरिकमा अपनत्व र संरक्षणको भावना विकास गर्नु पनि हो। यसअघि पहिलो चरणमा सिंहदरबार आसपासका क्षेत्रमा गमला व्यवस्थापन र सौन्दर्यीकरणको काम सम्पन्न भइसकेको थियो ।

तस्बिरहरुः–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =