रुस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

एजेन्सी । युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान गरेको मस्कोले जनाएको छ । यो चार वर्ष लामो युद्धमा भएको पछिल्लो युद्धबन्दी आदान–प्रदान हो ।

रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा भनेको छ, ‘युक्रेनबाट १६० जना रूसी सैनिकहरू फिर्ता भएका छन् र बदलामा १६० जना युक्रेनी युद्ध बन्दीहरूलाई फिर्ता पठाइएको छ ।’

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युद्धबन्दी फिर्ता तथा मारिएका सैनिकहरूको शव आदान–प्रदान मस्को र किएभबीचको थोरै सहयोगका क्षेत्रहरूमध्ये एक बनेको छ ।

‘फिर्ता भएका रूसी सैनिकहरू हाल बेलारुसमा छन्,’ रूसी मन्त्रालयले जनाएको छ।

उक्त आदान–प्रदानमा संयुक्त अरब इमिरेट्स (युएई) ले मध्यस्थता गरेको पनि मन्त्रालयले बताएको छ ।

युक्रेनले भने तत्काल यस आदान–प्रदानबारे कुनै प्रतिक्रिया वा पुष्टि गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 19 =