रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन जारी रहेकाले प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ ।

आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठक रास्वपा महाधिवेशन नसकिएकाले शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । यसअघि पनि बैठकको मिति दुई पटक सारिएको थियो ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मन्त्रीहरू तथा रास्वपाका सांसदहरू महाधिवेशनस्थल चितवनमै रहेकाले बैठक स्थगित गर्नुपरेको हो ।

‘मन्त्रीहरू तथा सांसदहरू चितवनमै हुनुहुन्छ, बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ,’ प्रवक्ता गिरीले भने ।

रास्वपाको प्रथम महाधिवेशन असार ७ गतेदेखि चितवनको भरतपुरमा जारी छ । महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भइसकेको छ भने पदाधिकारी चयनको प्रक्रिया भने अझै बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =