कोशीमा निशा मेहतालाई सबैभन्दा बढी १८६१ मत

काठमाडौं । कोशी प्रदेशमा निशा मेहताले सबैभन्दा बढी मत ल्याएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यहरुको सार्वजनिक परिणाम अनुसार कोशी प्रदेशमा मेहताले सबैभन्दा बढी १८६१ मत ल्याएकी हुन् ।

दोस्रो सर्वाधिक मत विश्वराज पोखरेलले १४६० मत ल्याएका छन् । यस्तै शोभा कार्कीलाई १२०४ मत प्राप्त भएको छ ।

कोशीबाट प्रादेशिक केन्द्रीय सदस्यमा २० जनाले प्रतिस्पर्धा गरेका थिए । केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी २६५६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =