रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । नेताहरुका अनुसार केहीबेरमै सार्वजनिक हुँदैछ ।

मतपरिणाम सार्वजनिक हुने भएसँगै अहिले प्रतिनिधि र उम्मेदवारहरू हलमा प्रवेश गरेका छन् ।रास्वपाको संशोधित विधानअनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुने छन् ।

महाधिवेशन स्थलमा भएको मतदानको गणना दिउँसै भएको थियो । प्रवासबाट एपमार्फत भएको मतदानको गणना पनि सकिन लागेको नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =