धरपकडविरुद्ध दृष्टिविहीनको धर्ना (तस्बिरहरू)
२०८३ असार ९ गते

काठमाडौं। सडक पेटीमा बसेर गीत गाउँदै जीविकोपार्जन गर्दै आएका दृष्टिविहीन व्यक्तिहरूमाथि धरपकड गरिएको भन्दै उनीहरू सोमबार (असार ८)देखि माइतीघर मण्डलामा धर्ना बसेका छन् ।
‘सडक पेटी केन्द्रित स्वरोजगार मूलक दृष्टिविहीन व्यवसायीहरूको समूह’को आयोजनामा भएको धर्नामा सहभागीहरूले वैकल्पिक रोजगारीको व्यवस्था नगरी सडक पेटीबाट हटाउन खोजिएको भन्दै विरोध जनाए ।
‘घाम, पानी, धुलो, धुवाँ सहनु हाम्रो रहर होइन, बाध्यता हो, विकल्प नदिई सडक पेटी छोड्दैनौँ’ भन्ने नारासहित उनीहरूले जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
प्रदर्शनकारीहरूले वैकल्पिक रोजगारीको व्यवस्था नभएसम्म सडक पेटीबाट हट्न नसक्ने बताएका छन् ।
तस्बिरहरू :

२०८३ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित









