सुर्खेतमा पक्राउ परेका विष्णु पौडेललाई भोलि काठमाडौं ल्याइने

काठमाडौं ।  पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भोलि नेपालगञ्जबाट पहिलो उडानमार्फत काठमाडौं ल्याइने भएको छ ।

स्रोतका अनुसार उनलाई काठमाडौं ल्याएपछि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको छ ।

उनलाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार पक्राउ गरेको हो । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

One thought on “सुर्खेतमा पक्राउ परेका विष्णु पौडेललाई भोलि काठमाडौं ल्याइने

  1. एमाले, काङ्रेस, मावोवादी (एस), मधेशवादी सबै लाभको पद लिएकाको सम्पत्ति छानबिन होस नकि कुनै अमुक पार्टीको नेताको मात्र।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =