सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव
२०८३ असार ८ गते

रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताएका छन् ।
आज रौतहटको गढीमाई नगरपालिकाको १३ औँ नगरसभाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा किसानको बाहुल्यता रहेको जानकारी दिए ।
उनले उत्पादनका लागि किसान खुसी नबनाएसम्म कृषि अर्थतन्त्रको विकास असम्भव भएको जानकारी दिँदै कृषिमा आबद्ध किसानलाई कृषि अनुदान उपलब्ध गराउने सन्दर्भमा सरकार अग्रसर भएर अगाडि बढ्ने बताए ।
नगरसभामा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८३/८४ को लागि रु ५९ करोड २२ लाख ५५ हजारको बजेट प्रस्ताव गरेका छन् ।
२०८३ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित









