इरानसँगको सम्झौताको आलोचना ‘मूर्खतापूर्ण अभिव्यक्ति’: ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँगको सम्झौताका आलोचकहरूको आक्रोश पोख्दै युद्ध अन्त्यका लागि सहुलियत दिएको आरोप ‘मूर्खतापूण अभिव्यक्ति’ भएको बताएका छन् ।

ट्रम्प र उनका इरानी समकक्षीले मध्यपूर्व युद्ध अन्त्य गर्ने समझदारीपत्रका छुट्टाछुट्टै इलेक्ट्रोनिक प्रतिमा हस्ताक्षर गरेपछि तेलको मूल्यमा गिरावट आएको छ, स्ट्रेट अफ होर्मुज पुनः खुल्नेभएको छ तर दुई देशबचिको दुई महिना लामो वार्ता बाँकी छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग बुधबार पेरिसबाहिर भर्साइलिजको दरबारमा आयोजित रात्रिभोजमा ट्रम्पले हस्ताक्षर गरेका छन् ।

पहिलो विश्वयुद्ध अन्त्य गर्ने सन्धिमा हस्ताक्षर गरेको दरबारमा म्याक्रोँले जी–७ शिखर सम्मेलनको आयोजनापछि हस्ताक्षर सम्पन्न भएको थियो ।

सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमा लखेका छन् “जब सेयर बजार भर्खरै उच्च रेकडर्को बिन्दुमा पुगेको छ र तेलको मूल्य ‘घट्दै’ छ, यस अवस्थामा सम्झौताको घोषणाको विरोध गर्ने यी मान्छेहरू कि त ईष्र्यालु, खराब वा मूर्ख हुन् ।”

इरानका राष्ट्रपति मसुद पेजेश्कियानले सम्झौतामा हस्ताक्षर गरेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अब सम्झौताको कार्यान्वयनको परीक्षण गर्ने समय आएको बताए ।

सप्ताहन्तमा सम्झौताको समाचार बाहिरिएदेखि घटेको मूल्यमा थप वृद्धि हुँदै बिहीबार कच्चा तेल तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

शान्तिको लागि अनुमति

यो सम्झौताले इरानसँग हालको अमेरिका–इजरायल द्वन्द्वको अन्त्य गरेको छ । अप्रिलको सुरूमा युद्धविराम नभएसम्म उनीह पाँच हप्तासम्म पूर्ण युद्ध लडेका थिए । युद्धमा इरानी आवागमनमाथि अमेरिकी प्रतिबन्ध घोषणा गरिएको थियो भने हर्मुजको घाँटीमा धेरै जहाजलाई प्रतिबन्धित गरिएको थियो, जसले ऊर्जाको मूल्यमा वृद्धि गरेको थियो ।

मध्यस्थता गर्न सहयोग गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यो सम्झौतालाई तत्काल लागू हुने र इरानले तत्काल स्ट्रेट अफ हर्मुज खोल्ने बताएका छन् । उनले पनि मध्यस्थताका हैसियतमा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दुई महिनाको वार्ताको अवधि अब हर्मुजको जलमार्ग पुनः खोल्ने र इरानको आणविक कार्यक्रमको वार्तामा प्रगति गर्न सकिन्छ कि भनेर सबैको आँखा त्यतातिर पनि गएको छ । वाशिङ्गटनले लामो समयदेखि गोप्य बम बनाउने महत्वाकाङ्क्षाहरू लुकाएको शङ्का गर्दै आएको छ ।

विश्व समुदायका अन्य नेतालेजस्तै म्याक्रोँले शान्तिका लागि अनुमति दिने सम्झौताको स्वागत गरेका छन् । सम्झौताले ‘स्ट्रेट अफ हर्मुज’लाई बिना कुनै कर खोल्न र आणविक ब्यालेस्टिक र क्षेत्रीय गतिविधिहरूमा सम्झौता गर्न ६० दिन’ को अनुमति दिएको छ ।

इरानका मुख्य वार्ताकार तथा संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शुक्रबार स्विट्जरल्यान्डको एक विशेष पर्वतीय रिसोर्टमा प्रत्यक्षरूपमा सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

बघाईले भने “व्यक्तिगत समारोहको अब आवश्यकता छैन।” पाकिस्तानी प्रधानमन्त्री शरिफले शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक समारोहका साथै प्राविधिक छलफल पनि हुने बताए ।

सम्झौता अन्तर्गत वाशिङ्गटनले इरानको अर्थतन्त्रलाई कमजोर बनाउने तेल प्रतिबन्धहरू तुरुन्त माफ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र इरानको आणविक कार्यक्रमबारे अन्तिम सहमति भएपछि अमेरिकाले क्षेत्रीय राष्ट्रहरूको सहयोगमा ३०० अर्ब डलरको पुनर्निर्माण कोष पनि जारी गर्ने सहमति गरेको छ ।

जेनेभामा संयुक्त राष्ट्रसङ्घको आणविक निकायका प्रमुख राफेल ग्रोसीले अमेरिका–इरान सम्झौता कार्यान्वयन गर्न आवश्यक ‘ठोस कदम’लाई परिभाषित गर्न आफूहरु तयार रहेको बताएका छन् ।

अमेरिकी अधिकारीहरूले इरानले संयुक्त राष्ट्र सङघको निगरानीमा ‘युरेनियम भण्डारणस्थलमा ‘डाउन–ब्लेन्डिंग’ गरेर आफ्नो प्रवर्धित युरेनियम भण्डारलाई कम गर्नेछ ।

इजरायलले यसलाई खारेज गर्न लामो समयदेखि दबाब दिए पनि सम्झौतामा इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमको उल्लेख गरिएको छैन ।

उनले भने “इरानका क्षेप्यास्कृतिहरू केवल प्रतिरक्षाका लागि हुन्, वार्ताका लागि होइनन् । इरानको प्रतिरक्षा क्षमताबारे कुनै पनि तरिकाले, कुनै प्रक्रिया वा कुनै पनि पक्षसँग छलफल गरिने छैन ।”

आलोचना

सम्झौताको इरानभित्रका कट्टरपन्थीहरूबाट केही आलोचना भएको छ, जहाँ सद्दाम हुसेनको इराकसँग सन् १९८० र सन् १९८८ को द्वन्द्वको तुलनामा द्वन्द्वलाई ‘थोपरिएको युद्ध’ को रूपमा वर्णन गरिएको छ ।

गालिबाफले यो सम्झौताले युद्धमा अमेरिकी ‘असफलता’ लाई पुष्टि गरेकोे दाबी गरे भने राष्ट्रपति पेजेस्कियनले यसलाई ‘ऐतिहासिक’ भने ।

तेह्र अमेरिकी सैनिकहरू मारिएको र अमेरिकी गोलाबारुद भण्डारको ठूलो हिस्सा प्रयोग गरिएको युद्ध अन्त्य गर्ने ट्रम्पको निर्णयले उहाँका केही सहयोगीहरूलाई घरमा अशान्त बनाएको छ ।

यस्तो आलोचनाको अनुमान गर्दै ट्रम्पले जी–७ मा इरानले सम्झौता उल्लङ्घन गरेमा आफूले इरानमाथि बमबर्षा गर्न तयार रहेको बताएका थिउ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका अमेरिकी सिनेटर बिल क्यासिडीले यसलाई ‘दशकौंको सबैभन्दा खराब विदेश नीति गल्ती’ को संज्ञा दिएका छन् ।

“इरानको आणविक महत्वाकाङ्क्षालाई नियन्त्रण गरिएको छैन, र उनीहरूले थाहा पाएका छन् कि स्ट्रेट अफ हर्मुजलाई प्रयोग गरी चेतावनी दिँदा काम गर्दछ,” उनले भने ।

ट्रम्पमैत्री समाचार च्यानल फक्स न्यूजले पनि आलोचकहरूलाई उद्धृत गर्दै सम्झौताले इरानको आणविक कार्यक्रम खारेज नगरी ‘ठूलो आर्थिक लाभ’ दिएको बताएको छ ।

सम्झौताले लेबनान समीकरणको हिस्सा हुनुपर्दछ भनेर निर्दिष्ट गरेको छ, तर यसमा यो स्पष्ट छैन कि त्यस मोर्चामा युद्धको बारेमा अर्को ६० दिनमा छलफल हुनेछ कि छैन ।

मार्च २ मा हेजबुल्लाहले इरानको समर्थनमा इजरायलमाथि रकेट प्रहार गरेपछि लेबनान द्वन्द्वमा तानिएको थियो । इजरायलले आक्रमणको ठूलो अभियान र जमिन आक्रमणको सुरुवात गरेर जवाफ दिएको थियो ।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार सम्झौताको घोषणापछि लेबनानमा हिंसा घटेको छ तर बिहीबार दक्षिण लेबनानमा इजरायली ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =