विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा
२०८३ असार ४ गते

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’अन्तर्गतको आज भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ ।
अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको अधिंकाश समय बल पोर्चुगलले नियन्त्रणमा राखेको थियो । तर पहिलो हाफमा थपिएको चार मिनेटको अतिरिक्त समयको अन्तिम क्षणमा कंगोका लागि योआने विस्साले कर्नरबाट आएको बललाई हेडमार्फत चाली चुमाएपछि खेल बराबरीमा पुग्यो ।
दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन ।
२०८३ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित









