दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

उनीहरूमाथि दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनछेक बहस सम्पन्न भएपछि विशेष अदालतले बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।

प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा बिशेष सरकारी वकिल कार्यालयले गत बिहीबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । भट्टविरुद्ध २६ तथा अग्रवालविरुद्ध २५ अर्ब रुपैयाँको बिगो छ ।

उक्त मुद्दामा अब थप न्यायिक प्रक्रिया थुनामै बसेर अघि बढ्नेछ । अदालतले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =