जीवी राई अभियुक्त भन्दा पहिले नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर बनोस्: आरेन राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त जीवी राईको खोजीमा सरकारले तदारुकताका साथ काम नगरेको आरोप लगाएका हुन् ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले सहकारी ठगीको विषय न्यायिक विषय भएपनि नेपाली नागरिकको अवस्थाबारे जानकारी लिनु राज्यको दायित्व भएको बताए । उनले रास्वपा सभापति रवि लामिछानेलाई इंगित गर्दै विगतमा आकाश पताल जहाँ भएनि खोजेर ल्याउने अभिव्यक्ति दिनेहरू अहिले मौन रहेको टिप्पणी गरे ।

राई पक्राउ परे समस्या हुने डरले सरकार पक्षले चासो नदिएको हुनसक्ने उनको आशङ्का छ ।

उनले भने ‘जीवी राई सहकारी ठग मात्रै भनेर हामीले भनिरहेका छैनौँ ? उ नेपाली नागरिक हो कि होइन ? देशको एउटा नागरिक हराएको छ । उहाँको सहकारीसम्बन्धी विषय अदालतले हेर्ला त्यो कानुनी पाटो हो । यसमा सरकार र सम्बन्धित मन्त्रालयले काम गर्ने हो ? हिजो कि दिनमा उहाँहरूले नै आकाशमा गएपनि पातालमा गएपनि ल्याउँछु भन्नुभएको होइन । खै ?’

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राई अहिले फरार रहेका छन् । उनीमाथि मुलुकका विभिन्न जिल्लाहरूमा सहकारी ठगी र सांगथठनिक अपराधको कसुरमा मुद्दा चलिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =