भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल जारी छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उनले यी विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन भारत र चीनसँग कूटनीतिक पहल भइरहेको बताएका हुन् ।

उनले परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणमा समेत विमानस्थल सञ्चालन, हवाई मार्ग विस्तार, कनेक्टिभिटी र व्यवस्थापनका विषय प्रमुख एजेण्डाका रूपमा उठाएको बताए ।

उनले भने ‘भैरहवाको एयरपोर्ट सञ्चालनको ल्याउन लागेको लागेकै छौँ । हामीलाई चासो छैन होला रु त्यो पोखरा, भैरहवाको ऋण तिर्ने हामी, त्यो ऋणको फाइल सदर गर्ने त मै हुन्छु, यति किस्ता तिर्नुपर्ने भनेर हरेक दिन । त्यसैले जतिसक्दो छिटो दुवै विमानस्थल सञ्चालनको लागी लागी परेका छौँ । परराष्ट्रमन्त्रीजी भारत जानुभयो, चीनबाट अब आज फर्कँदै हुनुहुन्छ । मुख्य एजेण्डा मध्ये यो पनि छ । कसरी यी एयरपोर्टहरूलाई सुचारु गर्ने ? एयर रुट्स, कनेक्टिभिटी, एयरपोर्ट म्यानेजमेन्टका कुराहरूमा हाम्रो एकदमै प्राथमिकतामा छ । जलस्रोत, हवाई उड्डयन, सडक निर्माण लगायतका विषयहरूमा नै हाम्रो अहिले कूटनीतिक इकोनोमिक डिप्लोमेसी चलिराखेको छ । हाम्रो पार्टीका सभापति जानुभयो, परराष्ट्रमन्त्री जानुभयो, केही समय पछि म आफैँ जाउँला । कसैले आँट्नै नसकेका, आँखा जुधाएर नेगोसियट गर्नै नसकेका विषयहरू पनि हामीले उठाइराखेका छौँ ।’

उनले विगतमा उठाउनै नसकेका र समाधान नभएका विषयहरूमा समेत सरकारले सक्रिय रूपमा वार्ता र पहल गरिरहेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nineteen =