प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपा सांसद लामाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले प्रधानमन्त्रीले प्रतिनिधि सभामा व्यक्त गरेको अभिव्यक्ति राष्ट्रको हित विपरीत रहेको दाबी गर्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेकी छन् ।

मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लामाले प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट दिएको पछिल्लो अभिव्यक्तिले देशको हित नगर्ने जिकिर गरिन् ।

प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमाना मिचेको छ भनी व्यक्त गरेको धारणाको सन्दर्भ उल्लेख गर्दै उनले उक्त अभिव्यक्ति त्रुटिपूर्ण रहेको र त्यसलाई सच्याउनुपर्ने माग राखिन् ।

सांसद लामाले भनिन् ‘प्रधानमन्त्रीज्यूले सदनको रोष्ट्रमबाट व्यक्त गर्नुभएको अभिव्यक्ति देशको अहित र विरुद्धमा छ । सो अभिव्यक्तिलाई सदनमा आएर सच्याउन म आग्रह गर्दछु । साथै, उक्त भनाइलाई सदनको अभिलेख ९रेकर्ड० बाट तत्काल हटाइयोस् भन्ने जोडदार माग गर्दछु ।’

सांसद लामाले राष्ट्रिय सार्वभौमिकता र भूमिसँग जोडिएका विषयमा प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले विवादास्पद अभिव्यक्ति दिन नहुने भन्दै उक्त विषयमा सरकारको ध्यानाकर्षण गराइन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =