सरकारले ल्याएको आगामी आ.वको बजेट पुनर्लेखन गर्नुपर्दछ: उर्मिला अर्याल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने बताएकी छन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले बजेट पुनर्लेखन गर्न सरकारसँग माग गरेकी हुन् ।

सांसद अर्यालले सामाजिक न्यायको दृष्टिकोणले बजेट प्रतिगामी रहेको जिकिर समेत गरिन् ।

उनले सरकारले ल्याएको कर प्रणाली पनि उचित नभएको जिकिर गरिन् । सांसद अर्यालले बजेटमा गरिब वर्गका लागि कुनै ठोस योजना ल्याउन नसकेको पनि बताइन् ।

उनले भनिन् ‘सरकारले आफ्नो कर प्रस्तावमा आम्दानीमा आधारित प्रणालीको सट्टा उपभोगमा आधारित प्रणालीमा जोड दिएको छ । यो बजेट स्वाभाविक रूपमा प्रतिगामी छ । करका संरचनाहरूबारे नेकपाका माननीय डा। पर्शुराम तामाङ र माननीय वर्षमान पुनले प्रतिनिधिसभामा विस्तृत रूपमा राखिसक्नु भएको हुनाले उहाँहरूको धारणाप्रति समर्थन जनाउँदछु । अर्कोतर्फ सार्वजनिक कम्पनीहरूले सरकारलाई बुझाउने लाभांश मा राजश्व फिर्तामा जोड दिनुपर्दछ । गरिब र निमुखामुखि बजेट हुनुपर्दछ । यो बजेट पुनर्लेखन हुने सर्तसहित समर्थन गर्दछु ।’

सांसद अर्यालले सरकारले उत्पादनको क्षेत्रमा कुनै ठोस योजना ल्याउन नसकेको समेत बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =