मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल परियोजना बनाउन सांसद रानाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानाले बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले हात्तीको समस्या नयाँ नभए पनि पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्वन्द्व झनै गम्भीर बन्दै गएको बताइन् ।

सांसद रानाले झापाको मेचीनगर–४ की स्थानीय पद्मा पौडेलको मृत्यु पछिल्लो दुखद उदाहरण भएको उल्लेख गर्दै यस्तो घटनाले स्थानीय त्रासमा बाँच्न बाध्य भएको बताइन् ।

सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘यसको समाधानका लागि तत्कालीन सरकारले भारत र नेपालबीच पूर्वसूचना प्रवाह गर्ने योजना अघि बढाएको थियो । यो समस्या गम्भीर रूपमा देखापरेको छ । हामीलाई समेत स्थानीयले सदनमा बोल्ने तर केही उपलब्धिमूलक काम नगर्ने आरोप लगाउन थालेका छन्, यसतर्फ सरकारको गम्भीर ध्यान जाओस् ।’

उनले पछिल्लो समय हात्तीका कारण मानवीय क्षति, कृषि बाली नष्ट हुने र घरगोठमा ठूलो नोक्सानी हुने क्रम बढिरहेको भन्दै समाधानका लागि सरोकारवाला निकायसँग समन्वय गरी दीर्घकालीन उपाय खोज्न सरकारसँग आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =