इक्वेडरविरुद्ध आइभरी कोस्टले निकाल्यो १–० को जित

काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा इक्वेडरविरुद्ध आइभरी कोस्टले १–० काे जित निकालेकाे छ ।

खेल गोलरहित बराबरीमा सकिने लगभग निश्चित अवस्थामा आइभरी कोस्टका अमाद डियालोले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए ।

अवसरहरूको सदुपयोग गर्न नसक्दा अन्ततः इक्वेडरले हार बेहोर्नुपर्‍यो । अन्तिम समयमा आएको अमादको गोलले आइभरी कोस्टलाई तीन अंक दिलायो ।

यससँगै समूह ‘ई’ मा आइभरी कोस्ट तीन अंकसहित शीर्ष स्थानमा रहेको जर्मनीसँग बराबरीमा पुगेको छ । यसअघिको खेलमा जर्मनीले भएको खेलमा कुरासाओलाई ७–१ ले पराजित गरेको थियो  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =