अमेरिका र इरानबीच २४ घण्टाभित्र शान्ति सम्झौता हुने सम्भावना बलियोः पाकिस्तानी प्रधानमन्त्री

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शनिवार अमेरिका र इरानबीच आगामी २४ घण्टाभित्र ऐतिहासिक शान्ति सम्झौता हुने सम्भावना रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री सरिफले लेखेका छन्, “हामी शान्ति सम्झौताको इतिहासमै सबैभन्दा नजिक पुगेका छौँ । आगामी २४ घण्टाभित्र यसलाई अन्तिम रूप दिइने अपेक्षा गरिएको छ । यसलगत्तै पाकिस्तानले यस शान्ति सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर (विद्युतीय हस्ताक्षर) गर्ने तयारी गरिरहेको छ, जसको निरन्तरता स्वरूप अर्को हप्ता प्राविधिक स्तरको वार्ता हुनेछ ।”

उनले थप अगाडि भने, “यो ऐतिहासिक शान्ति सम्झौताले स्थायी शान्तिका लागि बलियो जग खडा गर्नेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =