टर्कीएलाई हराउँदै अष्ट्रेलियाको विजयी सुरुआत
२०८३ जेठ ३१ गते

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा टर्किएविरुद्ध अस्ट्रेलियाले २–० को जित निकालेको छ । क्यानडामा भएको खेलमा अस्ट्रेलियाले दुई गोल गरेर महत्त्वपूर्ण तीन अंक बटुलेको हो ।
अस्ट्रेलियाका लागि नेस्तोरी इरानकुन्डाले खेलको २७औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा कोनोर मेटकाफले अर्को गोल थप्दै अस्ट्रेलियाको जित सुनिश्चित गरे ।
यसअघि आजै भएका अन्य खेलमा कतार र स्वीट्जरल्यान्डले १–१ को बराबरी खेले । त्यस्तै, ब्राजिल र मोरक्कोबीचको प्रतिस्पर्धा पनि १–१ को बराबरीमा सकियो ।
अर्को खेलमा स्कटल्यान्ड हैटीलाई पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ ।
२०८३ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








