केनेडी सेन्टरबाट ट्रम्पको नाम हटाउने आदेश रोक्न अमेरिकी अदालतको अस्वीकार

एजेन्सी । एक अमेरिकी संघीय पुनरावेदन अदालतले जोन एफ. केनेडी सेन्टर फर द पर्फर्मिङ आट्र्सबाट राष्ट्रपति डोनल्ड ट्रम्पको नाम हटाउन निर्देशन दिने अदालतको आदेशलाई अस्थायी रूपमा रोक्न न्याय मन्त्रालयले गरेको अन्तिम समयको अनुरोधलाई अस्वीकार गरेको छ ।

यसअघि सोही दिन, ट्रम्प प्रशासन र केनेडी सेन्टरको सञ्चालक समिति (बोर्ड अफ ट्रस्टीज) दुवैले संघीय जिल्ला न्यायाधीशको नाम हटाउने आदेशविरुद्ध पुनरावेदन गरेका थिए ।

उक्त आदेशअनुसार शुक्रवार मध्यरातभित्रै भवनबाट ट्रम्पको नाम हटाइसक्नुपर्ने थियो । शुक्रवार दिउँसोसम्ममा, निर्माण टोलीले केनेडी सेन्टरको ट्रम्पको नाम अंकित खण्डलाई घेरेर त्यसलाई हटाउनका लागि खट खडा गर्न थालिसकेका थिए ।

शुक्रवार साँझ उक्त खटको अगाडि उभिएर केनेडी सेन्टरका एक कलाकार प्याट्रिक नुरले कुरा गर्दै यो स्थान अपमानित हुनबाट जोगिएकोमा आफू खुशी भएको बताए ।

गत वर्ष जनवरीमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेलगत्तै ट्रम्पले केनेडी सेन्टरको नेतृत्व परिवर्तन गर्दै नयाँ सञ्चालक समिति नियुक्त गर्नुभएको थियो । डिसेम्बरमा, पुनर्गठित समितिले संस्थाको आधिकारिक नाममा ट्रम्पको नाम थपेर यसको नामकरण गर्ने पक्षमा मतदान गर्यो ।

उक्त कदमपछि अमेरिकी प्रतिनिधि सभाकी डेमोक्र्याटिक सदस्य तथा बोर्ड सदस्य जोइस बियट्टीले सो निर्णय खारेज गर्न र संस्थाबाट ट्रम्पको नाम हटाउन माग गर्दै मुद्दा दायर गरेका थिए ।

गत मे २९ मा, डिस्ट्रिक्ट अफ कोलम्बियाका लागि अमेरिकी जिल्ला अदालतका न्यायाधीश क्रिस्टोफर कुपरले संसद्को (कंग्रेस) स्वीकृति बिना केनेडी सेन्टरको नाम परिवर्तन गर्न नसकिने फैसला सुनाएका थिए ।

उनले केनेडी सेन्टरबाट ट्रम्पको नाम अंकित सबै भौतिक संकेत चिन्हहरू १४ दिनभित्र हटाउन र आधिकारिक सामग्रीहरूबाट ट्रम्प–केनेडी सेन्टरका सबै सन्दर्भहरू हटाउन आदेश दिनुभएको थियो ।

कुपरले ट्रम्पद्वारा फेब्रुअरीमा घोषित र जुलाईदेखि लागू हुने तय भएको पुनरुत्थान (मर्मतसम्भार) का लागि केन्द्रलाई दुई वर्ष बन्द गर्ने योजनालाई पनि स्थगित गर्न आदेश दिएका थिए ।

पूर्व अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको नाममा नामाकरण गरिएको केनेडी सेन्टर सन् १९७१ मा आधिकारिक रूपमा सञ्चालनमा आएको थियो । यसलाई संगीत, ओपेरा, नाटक, नृत्य र अन्य कलाहरूमा विश्व–स्तरीय प्रस्तुतिहरू प्रदर्शन गर्ने एक राष्ट्रिय सांस्कृतिक केन्द्रका रूपमा व्यापक रूपमा हेरिन्छ ।

नाम परिवर्तनको यो विवादले केन्द्रको नियमित सांस्कृतिक कार्यक्रमहरूमा समेत असर पुर्याइसकेको छ, जसका कारण केही संगीतकार र प्रदर्शनकारी समूहहरूले आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरू रद्द वा फिर्ता लिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =