भक्तपुरमा द फर्स्ट २१० एक्सपिरियन्सः राइडरहरू उत्साहित

भक्तपुर । सिजी मोटर्स प्रा. लि. नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता हो, जसले प्रविधिमैत्री र भरपर्दो मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ।
देशभर फैलिएको हिरोको बलियो सञ्जाल र ग्राहक-केन्द्रित दृष्टिकोणका साथ हिरोले नवीन उत्पादनहरू र असाधारण स्वामित्व अनुभव प्रदान गर्दै देशभरका राइडरहरूलाई सशक्त बनाउन निरन्तर लागिपरेको छ।
सिजी मोटर्स-हिरोले भक्तपुरको सल्लाघारी मैदानमा सर्वोत्कृष्ट र बहुप्रतिक्षित हिरो एक्सपल्स २१० (Hero Xpulse 210) मा केन्द्रित एक विशेष प्रयोगात्मक कार्यक्रम “द फर्स्ट २१० एक्सपिरियन्स” सफलतापूर्वक आयोजना गरेको छ ।
शनिबार, जेठ ३० गते बिहान ९:०० बजेदेखि सुरु भएको यस कार्यक्रममा रोमाञ्चक अफ-रोड अनुभवका लागि एड्भेन्चर प्रेमी, राइडरहरू, सञ्चारकर्मी तथा कन्टेन्ट क्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको थियो।
यस कार्यक्रममार्फत नेपालका मोटरसाइकल प्रेमीहरूले सल्लाघारीस्थित ‘एक्सट्र्याक्स’ (Xtracks) को विशेष रूपमा डिजाइन गरिएको ट्र्याक (dirt track) मा पहिलो पटक हिरो एक्सपल्स २१० को अनुभव लिने अवसर पाएका थिए।
सहभागीहरूले चुनौतीपूर्ण अफ-रोड परिस्थितिहरूमा यस मोटरसाइकलको परिमार्जित कार्यक्षमता (enhanced performance), उत्कृष्ट सस्पेन्सन र एड्भेन्चर-अनुकूल क्षमताहरूको स्थलगत परीक्षण (test ride) गरेका थिए।
यस अवसरमा बोल्दै सिजी मोटर्स-हिरोले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय राइडिङ अनुभव र एड्भेन्चर-केन्द्रित उत्पादनहरू उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको व्यक्त गरेको छ।
परम्परागत सडकहरूभन्दा बाहिर निस्केर बहुमुखी प्रतिभा, उच्च कार्यक्षमता र अन्वेषण चाहने राइडरहरूको बदलिँदो आवश्यकतालाई पुरा गर्न हिरो एक्सपल्स २१० को विकास गरिएको कम्पनीले बताएको छ।
“द फर्स्ट २१० एक्सपिरियन्स” मार्फत सिजी मोटर्स-हिरोले नयाँ क्षेत्रहरू पहिल्याउन र एड्भेन्चरको भावनालाई आत्मसात् गर्न चाहने राइडरहरूका लागि एक्सपल्स (Xpulse-210) ब्रान्ड नै पहिलो रोजाइको एड्भेन्चर मोटरसाइकल हो भन्ने कुरालाई पुनः पुष्टि गरेको छ।








