पाकिस्तान नियन्त्रित कश्मिरमा सैनिक विमान दुर्घटनाः २२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तान नियन्त्रित काश्मिरमा एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा २२ जना सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले बिहीवार जनाएका छन् ।

पाकिस्तान प्रशासित काश्मिरको मुजफ्फराबाद जिल्ला नजिकै सेनाको उड्डयन विभागको ’एमआई–१७’ (ःष्–१७) हेलिकप्टर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा एक कर्णेल र दुई मेजरसहित अन्य १९ जना सैनिक कर्मचारीको मृत्यु भएको छ । यसअघि, सेनाको सञ्चार शाखा ’इन्टर–सर्भिस पब्लिक रिलेसन्स’ (आईएसपीआर) द्वारा जारी विज्ञप्तिमा हेलिकप्टर उडान भर्ने क्रममा प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको थियो ।

आईएसपीआरले भनेको छ, “दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन एक छानबिन समिति गठन गर्न आदेश दिइएको छ ।”

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख र शोक व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =