तीन हजार ६९० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

एजेन्सी । अफगानिस्तानको सरकारी सञ्चारमाध्यम बाख्तर समाचार एजेन्सीले बिहीवार दिएको जानकारी अनुसार बुधवार कुल ७२४ परिवारका ३,६९३ जना नागरिकहरू आफ्नो निर्वासन जीवन समाप्त गरी स्वदेश फर्किएका छन् ।

समाचार एजेन्सीकाअनुसार तीमध्ये ६६२ परिवारलाई उनीहरूको गृह प्रान्तमा स्थानान्तरण गरिसकिएको छ भने बाँकी ६२ परिवारलाई आवश्यक सहायता सामग्री उपलब्ध गराएपछि मात्र उनीहरूको गृह जिल्ला वा प्रान्तमा पठाइनेछ ।

विगत केही हप्ताहरूमा छिमेकी मुलुक पाकिस्तान र इरानबाट ८५ हजार भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =