दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १८ जनको मृत्यु

एजेन्सी । दक्षिणी लेबनानमा भएका इजरायली आक्रमणहरूमा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी, नागरिक रक्षा र स्वास्थ्य अधिकारीहरूले यसको पुष्टि गरेका छन् । सबैभन्दा घातक आक्रमण टायर जिल्लाको टायर डेब्बा सहरमा भएको थियो, जहाँ प्रारम्भिक विवरणअनुसार नौ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

हिजबुल्लाहले बुधवार दक्षिणी लेबनानको कान्तारा र बयादामा इजरायली सेना र सवारी साधनहरूको जमघटलाई निसाना बनाएको जनाएको छ। यसैबीच, इजरायली सेनाले बुधवार विगत २४ घण्टामा टायर र दक्षिणी लेबनानका अन्य क्षेत्रहरूमा हिजबुल्लाहका पूर्वाधार स्थलहरूमा आक्रमण गरेको र हिजबुल्लाहका लडाकुहरूलाई मारेको बताएको छ।

उसले दिनको समयमा दक्षिणी लेबनानमा इजरायली सैनिकहरूतर्फ हिजबुल्लाहले प्रक्षेपण गरेको एउटा ड्रोनलाई बीचमै निष्क्रिय (इन्टरसेप्ट) पारिएको कुरा पनि पुष्टि गरेको छ ।

यसैगरी, लेबनानी राष्ट्रपति जोसेफ अउनले आफूले अन्तसम्म वार्ता जारी राख्ने र लेबनानको सार्वभौमसत्ता पुनस्र्थापनाका लागि कूटनीति नै सबैभन्दा उत्तम मार्ग भएको कुरा राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“युद्धले सबैका लागि साझा नोक्शानी बाहेक अरू केही हासिल गर्दैन” उनले इजरायली आक्रमण बन्द गर्न र इजरायली सेना फिर्ता गर्न आह्वान गर्दै लेबनानको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गरे ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानी जनतालाई सम्बोधन गर्दै हिजबुल्लाह विरुद्ध इजरायललाई साथ दिन आग्रह गरेको एउटा भिडियो सन्देश जारी गरे ।

उनले इजरायलले करिव १० हजार हिजबुल्लाह लडाकुहरूलाई मारेको दाबी गर्दै भने, “तिनीहरू जहाँ भए पनि, हामी तिनीहरूलाई खोज्नेछौं ।”

लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले जनाएअनुसार मार्च २ देखि भएका इजरायली आक्रमणहरूमा लेबनानमा ३,६९६ जनाको मृत्यु भएको छ भने ११,४१३ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =