ओमानको खाडीमा अमेरिकी सेनाद्वारा तेस्रो तेल ट्याङ्कर निष्क्रिय

एजेन्सी । अमेरिकी सेनाले राति ओमानको खाडीमा कथित रूपमा इरानी तेल ओसारपसार गर्न खोजिरहेको एउटा तेल ट्याङ्करलाई निष्क्रिय पारेको छ ।

अमेरिकी केन्द्रीय कमान्डले बिहीवार दिएको जानकारीअनुसार अमेरिकी सेनाद्वारा यसै साता निष्क्रिय पारिएको यो तेस्रो व्यावसायिक जहाज हो ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको विवरणअनुसार चालक दलका सदस्यहरूले अमेरिकी सेनाको निर्देशन बारम्बार उल्लंघन गरेपछि अमेरिकी विमानले गिनी–बिसाउको झण्डा अंकित एम/टी जलवीर’को इन्जिन कोठामा दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरेको थियो ।

यसअघि यसै साता अमेरिकी विमानले पलाउको झण्डा अंकित जहाजहरू एम/टी मारिभेक्स’ लाई पनि निष्क्रिय पारेका थिए । सेन्टकमका अनुसार मारिभेक्सले इरानी बन्दरगाहतर्फ जाने प्रयास गरेर अमेरिकी नाकाबन्दीको उल्लंघन गरेको थियो भने ’सेट्टबेल्लो’ ले इरानी तेल ओसारपसार गर्ने प्रयास गरिरहेको थियो ।

गएको अप्रिल १३ मा नाकाबन्दी सुरु भएयता अमेरिकी सेनाले निर्देशन पालना नगर्ने ९ वटा जहाजलाई निष्क्रिय पारेको छ भने निर्देशन पालना गर्ने १३५ वटा जहाजलाई अन्यत्र मोडिदिएको छ। यसैगरी, मानवीय सहायता सामग्री बोकेका ४२ वटा जहाजलाई भने आवतजावतको अनुमति दिइएको कमान्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =