दक्षिण कोरियाको प्रधानमन्त्रीमा हान सेओङ–सुक मनोनित

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले आईतवार हान सेओङ–सुकलाई देशको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनीत गरेका छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै सो मनोनयनको घोषणा गरेको हो ।

दक्षिण कोरियाली इन्टरनेट क्षेत्रको अग्रणी कम्पनी ‘नेभर’ की पूर्व मुख्य कार्यकारी अधिकृतसमेत रहेकी हानले वर्तमान ली प्रशासनमा साना तथा मझौला उद्योग एवं स्टार्टअप मन्त्रीका रूपमा कार्य गर्दै आएकी छन् ।

उनी प्रविधि क्षेत्रको लामो अनुभव र डिजिटल नवप्रवर्तनमा आफ्नो विज्ञताका लागि परिचित छन् । संसदबाट उनको नाम अनुमोदन भएमा, हान विगत दुई दशकमा दक्षिण कोरियाको प्रधानमन्त्री बन्ने पहिलो महिला बन्नेछिन् ।

यसअघि सन् २००६ देखि २००७ सम्म हान म्योङ–सुकले प्रधानमन्त्रीको कार्यभार सम्हालेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =