सरकारले दलित पत्रकारहरूको पक्षमा विशेष कार्यक्रम ल्याउन जरुरी छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन तथा उनीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित हुनेगरी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त आवश्यकता औँल्याएका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले समाचार सम्बद्ध निकायहरूलाई पनि दलित पत्रकारहरूको हकमा आन्तरिक रूपमा पनि समावेशी नीति कडाइका साथ पालना गराउन आग्रह गरे । उनले दलितको सवाललाई कुनै एउटा समुदायको मात्रै सवाल मात्रै नभई सिंगो राष्ट्रको साझा सवाल र राष्ट्रिय मुद्दाको रूपमा मिडियाहरूले प्राथमिकताका साथ लिनु पर्ने समेत बताए ।

राज्य, नागरिक समाज र मिडिया सञ्चालकहरूले मिडियालाई लोकतान्त्रिक बनाउने होभने आन्तरिक रूपमा समावेशी नीति कडाइका साथ पालना गर्न आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो ।

उनले भने ‘म राज्यको सबै निकाय, नागरिक समाज र विशेष गरी मिडिया सञ्चालकहरूलाई आग्रह गर्न चाहन्छु–मिडियालाई साँच्चीकै लोकतान्त्रिक र निष्पक्ष बनाउने हो भने आन्तरिक रूपमा समावेशी नीति कडाइका साथ लागू गरिनुपर्दछ । दलितको सवाललाई कुनै एउटा समुदायको मात्रै सवाल मात्रै नभई सिंगो राष्ट्रको साझा सवाल र राष्ट्रिय मुद्दाको रूपमा मिडियाले प्राथमिकताका साथ लिनु पर्दछ । दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन र कार्य क्षेत्रमा उनीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र समाचार सम्बद्ध संस्थाहरूले विशेष कार्यक्रम ल्याउन जरुरी छ ।’

पूर्वराष्ट्रपति भण्डारीले कुनैपनि समाजको रूपान्तरणमा पत्रकारहरूको कमल शक्तिशाली हुने भएकाले उनीहरूले त्यसको दुरुपयोग हुने खालको कुनैपनि गतिविधि गर्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =