हर्मुज जलडमरूमध्यमा शङ्कास्पद ‘माइन’ फेला परेपछि ओमानद्वारा समुन्द्री शतर्कता जारी

एजेन्सी । ओमानको समुन्द्री सुरक्षा केन्द्रले हर्मुज जलडमरूमध्यमा एक शङ्कास्पद वस्तु फेला परेपछि समुन्द्री शतर्कता (म्यारिटाइम अलर्ट) जारी गरेको छ ।

ओमानको क्षेत्रीय जलक्षेत्रभित्र पर्ने ’इनशोर ट्राफिक जोन’ को पश्चिमतर्फ तैरिरहेको उक्त वस्तु ‘माइन’ (विष्फोटक) हुनसक्ने आशङ्का गरिएको छ । केन्द्रले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण नाविक, माछा मार्ने व्यक्ति तथा जहाजहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विज्ञप्तिमा समुद्री मार्ग प्रयोगकर्ताहरूलाई कुनैपनि शङ्कास्पद वस्तुबाट सुरक्षित दूरी कायम राख्न र त्यस्ता वस्तु फेला परेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन निर्देशन दिइएको छ ।

विश्वव्यापी ऊर्जा ढुवानीका लागि रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्यमा सुरक्षा संवेदनशीलता बढिरहेका बेला ओमानको यस्तो चेतावनी आएको हो । यो जलमार्ग विश्वको इन्धन आपूर्तिका लागि सबैभन्दा प्रमुख समुन्द्री मार्गहरूमध्ये एक मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =