तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता हुँदै  

काठमाडौँ। “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण यही जेठ १४ र १५ गते काठमाडौँमा हुने भएको छ। नेपाल तथा विदेशी आरोहीहरूको सहभागिता रहने र प्रतियोगितालाई नेपालको प्रमुख साहसिक खेल प्रतियोगितामध्ये एकका रूपमा लिएको छ। प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगिताले नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्नुका साथै विश्व प्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिँदै आएको हो। प्रतियोगितामा सहभागिताका लागि आवेदन फारम आज (जेठ १२) गते सम्म खुला रहनेछ। फारम ठमेलस्थित एस्ट्रेक क्लाइम्बिङ वाल तथा गैरीधारास्थित नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनको कार्यालयबाट प्राप्त गर्न सकिनेछ। प्रतियोगितामा नेपाली तथा विदेशी दुवै आरोहीहरूले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा पुरुष तथा महिला गरी छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा हुनेछ। दुवै विधाका विजेताले प्रथम, द्वितीय र तृतीय स्थानका लागि क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। हालसम्म २२ जना पुरुष र १० जना महिलाले नाम दर्ता गराइसकेका छन्। यस वर्ष करिब ४० पुरुष र १५ महिला सहभागी हुने अपेक्षा गरिएको छ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =