‘लुसिफर राइजिङ’ रोकिनुमा कुनै अमुक राजनीतिक दलको संलग्नता छैन: निर्देशक सहलेस

काठमाडौँ । एक थिएटर नेपाल ले ‘लुसिफर राइजिङ: ए जेन–जेड प्ले’ नाटक स्थगित भएको विषयमा आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै नाटक रोक्न कुनै सरकारी निकाय वा राजनीतिक दलको संलग्नता नरहेको जनाएको छ ।

सोमबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार नाटकका निर्देशक सहलेस तथा सहनिर्देशकले सामाजिक सञ्जालमार्फत ‘लुसिफर राइजिङ’ रोक्ने कार्यमा कुनै आधिकारिक सरकारी निकाय वा कुनै अमुक राजनीतिक दलको भूमिका नरहेको स्पष्ट पारेका हुन् ।

यसअघि निर्माण टिमले भने ‘अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण नाटकको मञ्चन रोक्न बाध्य भएको’ जनाएको थियो । तर, निर्देशक पक्षले अज्ञात समूहलाई जिम्मेवार ठहर गर्दै आफ्नो धारणा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक थिएटर नेपालले कस्तो दबाब आएको हो ?, किन आएको हो ? र दबाब दिने समूह को हो ?, भन्ने विषयमा आफूहरूलाई कुनै व्यक्तिगत वा संस्थागत जानकारी प्राप्त नभएको स्पष्ट पारेको छ ।

साथै, उक्त दबाब कुन नम्बर वा माध्यमबाट आएको हो भन्नेबारे पनि आधिकारिक जानकारी नरहेको बताइएको छ ।

पछिल्लो समय मझुवा बगरको निर्माण तथा प्रस्तुति रहेको ‘लुसिफर राइजिङ: ए जेन–जेड प्ले’ थापागाउँस्थित एक थिएटर नेपालको हलमा नियमित मञ्चन हुँदै आएको थियो । तर, अज्ञात समूहको दबाब आएको भन्दै गत शनिबारदेखि नाटकको प्रदर्शन अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

संस्थाले आगामी दिनमा नाटक पुनः नियमित मञ्चन हुने वा नहुनेबारे चाँडै जानकारी गराइने जनाएको छ ।

साथै दर्शकमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =