‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’मा होन्डा बाइकको सहकार्य

काठमाडौँ । मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा होन्डा बाइकले सहकार्य गरेको छ ।

नेपालमा दुईपांग्रे सवारीसाधनको क्षेत्रमा लोकप्रिय ब्रान्डका रूपमा परिचित होन्डाले युवामुखी प्रेरणादायी कार्यक्रममा साथ दिएको हो ।

होन्डा मोटरसाइकल तथा स्कुटर  विश्वसनीयता, प्रविधि, माइलेज र आकर्षक डिजाइनका कारण नेपाली युवामाझ लोकप्रिय मानिन्छ । दैनिक प्रयोगदेखि लामो दूरीका यात्रासम्मका लागि विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर  बजारमा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको कार्यक्रम आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदैछ ।

देशव्यापी रूपमा सञ्चालन हुने कार्यक्रम जेठ १० गते काठमाडौंबाट सुरु भएर जेठ १५ गते पोखरा, १६ गते बुटवल, १७ गते चितवन, १९ गते वीरगन्ज, २१ गते बिर्तामोड र २२ गते इटहरीमा आयोजना हुने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =