प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गर्दै विपक्ष दलद्वारा संसद बैठक अवरुद्ध
२०८३ जेठ ७ गते

काठमाडौँ । विपक्ष दलहरूले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित गराउन माग गर्दै विपक्ष दलले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् ।
बिहीबार हरेक महिनाको सुरुमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने भएकाले पनि संसद बैठकमा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनका लागि दबाब दिँदै बैठक अवरुद्ध पारेका हुन् ।
सरकारले विधि र नीति विपरीत काम गरेकाले आफूहरूले त्यसको विरोधमा बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताए ।
२०८३ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित








