‘१०० वुमन इन बिजनेस’ कार्यक्रम सुरु, महिलालाई उद्यमशीलतामा जोड्ने लक्ष्य

काठमाडौँ । महिला सशक्तीकरण र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालित संस्था सिस्टरहुड क्लोथिंगले आफ्नो नयाँ तथा महत्वाकांक्षी कार्यक्रम ‘१०० वोमन इन विजनेस’को औपचारिक रूपमा शुभारम्भ गरेको छ ।

बिहीबार काठमाडौँमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका सफल र उत्साही महिलाहरूको उपस्थितिमा ‘१०० वोमन इन विजनेस’को शुभारम्भ गरिएको हो ।

फरक फरक पृष्ठभूमिका १०० जना महिलाहरूलाई एउटै टिममा आबद्ध गरी व्यावसायिक सहकार्य र क्षमता अभिवृद्धि गर्ने यस व्यावसायिक सहकार्यको उद्देश्य रहेको सिस्टरहुडकी संस्थापक तथा सिइओ एञ्जेला श्रेष्ठले बताइन् ।

महिलाहरुबीच व्यावसायिक सहकार्य, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित व्यवसायको सुरुवात गरिएको श्रेष्ठको भनाइ छ ।

उनकाअनुसार कार्यक्रममा सहभागी महिलाहरूलाई व्यवसाय सञ्चालन, डिजिटल मार्केटिङ, नेटवर्किङ र उत्पादन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गरिनेछ ।

उनले भनिन् ‘हामीहरूको मुख्य उद्देश्य भनेको हामीले अनलाइनबाटै बिजनेस गर्ने हो । हामी शुद्ध बिजनेस नै गर्ने हो । हामी कुनै सोसियल वर्क गर्न आएको होइन । हामीले यस व्यवसायमा महिला सशक्तीकरणसँग जोडेका छौँ । तर हामीले सबैले एफोर्ड गर्न सक्ने गरेर एकदमै सस्तोमा विक्रीका लागि राखेका छौँ ।’

उनले काठमाडौँदेखि अनलाइन माध्यमबाट मात्र महिलाहरूले लगाउने गुणस्तरीय र आधुनिक कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराउने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =