प्रधानमन्त्री साह कुनै छुट्टै टापुको सम्राटजस्तो अनुभूति भइरहेको छ: काँग्रेस नेता केसी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसदको अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन रु भनेर प्रश्न समेत गरे । उनले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकिर पनि गरे । विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री साह संसदमा नआएकोमा नेता केसीको आपत्ति थियो ।

उनले भने ‘सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को विषय गृह मन्त्रालयले गम्भीरतापूर्वक लिने विषय हो । अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ । उहाँ स्वयं आफू यो संसदको अंग हो कि होइन रु सभामुखजी मैले चाहिँ थाहा पाएको छैन है । उहाँ भन्दै साम्राज्यको कहीँको टापुको सम्राट् हो कि यो संसदको पनि अभिन्न अंग हो ? त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु । यो गम्भीर विषयमा सरकारले गहिरोसँग ध्यान दिनुपर्ने । र, विगत वर्षहरू भएको बेथितिबाट मात्रै थिति बसाल्न सक्दैनौ । हरेक बेथितिबाट थिति बसाल्ने एउटा निश्चित अवधारणासहित कार्यगत योजनाबाट मात्रै हामी नयाँ कुराको निर्माण गर्नसक्छौँ ।’

सांसद केसीले सरकारले विपद् व्यवस्थापनमा गहिरोसँग ध्यान आवश्यक रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =