प्रधानमन्त्री असक्षम सावित भए, मार्गप्रशस्त गर्दा राम्रो हुन्छः हर्कराज राई

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गरेका छन् । बिहीवार प्रतिनिधि सभा बैठकको शुरुमै बोल्दै उनले प्रधानमन्त्री साह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्दा राम्रो हुने धारणा राखेका हुन् ।

संसदीय निमयावलीअनुसार सांसदहरूले राखेका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिँदा उपयुक्त हुने अध्यक्ष राईले रक्षा र गृह मन्त्रालय, सीमा सुरक्षा लगायतका विषयमा आफू र सांसदहरुले राखेका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री साहले संसदको गरिमामाथिनै धावा बोलिरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘हाम्रो नियमावलीको नियमको १५ (२) अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरुले उठाउनु भएका, सांसदज्युहरुले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन ? यदि उहाँ आफनो कर्तव्य पूरा गर्न सक्नु हुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरी राम्रो । उहाँ नेपाली जनता, लोकतन्त्रद्वारा स्थापित नेपाली जनताको मतद्धारा स्थापित संसदप्रति जवाफदेही हुनुहुन्न भने उहाँ को प्रति जवाफदेही हुनुहुन्छ ? शंका गर्ने ठाउँ छ यहाँ । कोही न कोही प्रति त उहाँ जवाफ देही हुनुपर्छ नि ।’

अध्यक्ष राईले प्रधानमन्त्री साहलाई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ? भनि पटक -पटक प्रश्नसमेत गरे । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

One thought on “प्रधानमन्त्री असक्षम सावित भए, मार्गप्रशस्त गर्दा राम्रो हुन्छः हर्कराज राई

  1. PM le rajinama dine kurai chhaina. Yedi diihale pani Harka ji PM banne sambhaabana sunne baraabar chha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nine =