स्वास्थ्यमन्त्री मेहता र भारतीय मन्त्री नड्डाबीच जेनेभामा भेटवार्ता

काठमाडौं । निशा मेहताजेपी नड्डाबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभामा सहभागी हुने क्रममा दुई मन्त्रीबीच भेटवार्ता भएको हो ।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार भेटमा स्वास्थ्य क्षेत्रमा नेपाल–भारतबीच रहेको द्विपक्षीय साझेदारीलाई थप दिगो र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा मन्त्रालयकी प्रवक्ता यशोदा अर्यालसमेत सहभागी थिइन् ।

स्वास्थ्यमन्त्री मेहता तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ७९औँ विश्व स्वास्थ्य सभामा सहभागी हुन जेठ ३ गते जेनेभा प्रस्थान गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =