मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले विभिन्न संस्थाहरूलाई व्हीलचेयर सहयोग प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा सहज बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न तथा दिगो विकास लक्ष्य प्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै बैंकले यस सहयोग गरेको हो ।

यस कार्यक्रम अन्तर्गत बैंकले धनगढी—०१, कैलाली स्थित सेती प्रादेशिक अस्पताल लाई १० थान व्हीलचेयर हस्तान्तरण गरेको छ । उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने तत्काल बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ । यसले स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउँदै सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।

त्यसैगरी, बैंकले गोकर्णेश्वर स्थित युवा अपाङ्ग संगठन नेपाललाई पनि १० थान व्हीलचेयर सहयोग प्रदान गरेको छ । उक्त सहयोगले आवश्यकता भएका फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक समयमा सहयोग पुर्याउनुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यस प्रकारका कार्यक्रममार्फत बैंकले विशेषगरी तथा सम्बन्धी दिगो विकास लक्ष्यहरूलाई सहयोग पुर्याउने विश्वास गरेको छ ।

मुक्तिनाथ विकास बैंकले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, समावेशी विकास तथा समुदायको जीवनस्तर उकास्ने सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =