रास्वपा महामन्त्रीलाई प्रश्न– प्रधानमन्त्रीले संसदलाई सम्बोधन कहिले गर्नुहुन्छ ?

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र साहले संसद बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताएका छन् ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीले प्रधानमन्त्रीले संसदलाई सम्बोधन कहिले गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन् ।

सरकारले मन्त्रीहरुलाई कार्यविभाजन गरेर संसदमा जवाफ दिने तालिका बनाइरहेको जानकारी पनि आफूले पाएको बताए । उनले मन्त्रीहरुले सम्बन्धीत मन्त्रालयसँग सम्बन्धीत प्रश्नको जवाफ दिनेगरी कार्यविभाजन गरिएको समेत बताए । ‘मुलतः सरकारमाथि उठेका प्रश्नको जवाफ संसदमा सरकारले दिने हो । त्यसको आधारमा सरकारले मन्त्रीहरुलाई कार्यविभाजन गरेर संसदमा जवाफ दिने तालिका बनाइराखेको छ । केही मन्त्रीहरुको आजभोलिको तालिमा परेको भन्ने पनि मैले जानकारी पाएको छु’ उनले भने ।

उनले संसदमा उठेका सबै प्रश्नको जवाफ दिनेगरी सरकारले तयारी गरिरहेको भएपनि प्रधानमन्त्री स्वयंले संसदलाई कहिले सम्बोधन गर्नुहुन्छ भन्नेबारे स्पष्टता नभएको संकेत गरे । ‘संसदमा उठेका प्रश्नहरुको जवाफ संसदमा आउँछ । सोहीअनुसार सरकारले तयारी गरिराखेको छ । प्रधानमन्त्रीज्यूको तालिका भनेर आउनेभन्दा पनि तयारी अनुसार आउँछ । सरकारले संसदमा उठेका सबै प्रश्नको जवाफ दिनेगरी तयारी गरिरहको भन्ने जानकारी प्राप्त छ’ उनले भने ।

लामो समयदेखि प्रतिपक्षी दलहरुले संसदमा प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =