प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेस
२०८३ जेठ ६ गते

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेस गरिएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो विधेयक पेस गरेकी हुन् ।
त्यसैगरी उनले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि पेस गरिन् । प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।
२०८३ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








